सहयोगी बैकको प्रिभिलेज सेवा


जनकपुर : सहयोगी विकास वैंक लिमिटेडले मोवाइल वैकिग र प्रिभलेज वैकिग सर्भिस सेवा शुरुआत गरेको छ । जनकपुरमा बिहीबार एक कार्यक्रमका वीच दुवै सेवाको उद्घाटन वैंकका अध्यक्ष उदय कान्त झा जीवनले गरेका हुन ।
सो अवसरमा अध्यक्ष झाले ग्राहकको सेवामा कुनै कन्जुस्याई नगर्ने र प्रविधिलाई बढि प्रयोगमा ल्याउने पनि बताए । समारोहमा वैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले वैंकले आफ्नो सेवालाई थप आधुनिक सरल, प्रभावकारी बनाउदै लगेकोमा जोड दिए ।
ज्नकपुरमा मुख्य कार्यालय रहेको वैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरि आफ्ना ग्राहकलाई आधुनिक छिटो छरितो भरपर्दो स्थानीय सेवा प्रदान
गर्दै आएको छ । ५० करोड ९६ लाख रुपैया शेयर पुजी रहेको वैंकले हाल सम्म ३ अर्व ४२ करोड ८० लाख निक्षेप संकलन गरि हाल सम्म २ अर्व ९८ करोड ८९ लाख रुपैया कर्जा प्रबाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?