सामसुङ इलेक्ट्रोनिक्समा १५ प्रतिसत छुट


काठमाडौं : सामसुङ इलेक्ट्रोनिक्सले सामसुङको टिभी तथा घरायसी उपकरणमा १५ प्रतिशतसम्मको छुटको योजना ल्याएको छ ।
कम्पनीले नयाँबर्ष २०७५ लाइ लक्षित गर्दै ‘नयाँ बर्षको उमंग’ योजनाका साथ उक्त अफर ल्याएको हो । यसका साथै सामसुङले वल्र्डिलंकसंग साझेदारी गर्दैे स्मार्ट टिभीको विक्रीमा अनलिमीटेड इन्टरनेट र नेट टिभी सेवा प्रदान गर्ने भएको छ ।
कम्पनीका अनुसार ३२ इन्चदेखि ४३ इन्चसम्मको स्मार्ट टिभीको खरीदमा ग्राहकले १२ प्रतिशत क्यासव्याक सहित १० एमविपीएसको अनलिमीटेड इन्टरनेट सेवा पाउनेछन । विभिन्न किसीमका टिभीमा छुट दिने सामसुङले एचडि र एफएचडि टिभीमा १५ प्रतिशत क्यासव्याक दिनेछ । यसका साथै कम्पनीले रेफ्रिजेरेटरमा पनि ११ देखि १५ प्रतिशत सम्म छुट दिने जानकारी दिएको छ । कम्पनीका वासिङ मेसिन, लेक्स वासको खरीदमा कम्पनीले ५ हजार बराबरको २२ किलो डिटर्जेन्ट प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?