पूर्वाञ्चल अशोक लेलैण्डका आधुनिक बस


काठमाडौंः नयाँ वर्षको आग्मनसँगै सूर्योदय यातायात एण्ड अटो प्रालीले अशोक लेलैण्डका १५ थान बस सञ्चालनमा ल्याएको छ । सो बसमा डिजिटल डिस्पले , टि.भी., वाईफाई , जि.पि.एस् , सि.सी क्यामेरा लगायत उपकरण रहेका छन ।
पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उदघोष गर्दै यस किसिमका लाईफ टाईम इन्जिन जडित गाडिमा फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने अध्यक्ष देवेन्द« कुमार न्यौपानेले बताए । उनले अशोक लेलैण्डका सवारी साधन वास्तवमै राम्रा रहेको जिकिर गरे ।
कार्यव्रmममा संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनमा संस्थाले मुलुकभर यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए । आई एम ई मोटर्स प्रालीका सेल्स हेड सुधिर सुबेदीले समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरणको रुपमा अशोक लेल्याण्डका बसले पुष्टि गरेको बताए ।
१५ प्रतिशत भन्दा बढि माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको उनको भनाई छ । आई एम ई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?