सानिमा बैंकको होम बैंकिङ्ग सेवा


काठमाडौ: सानिमा बैंकले नयाँवर्ष २०७५ को उपलक्ष्यमा जेष्ठ नागकिलाई लक्षितगरि होम बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकले उपभोग गर्न सक्नेछन् ।
यस अन्तरगत घरै बसेर बैंकिङ्ग सेवा लिन चाहने जेष्ठ नागरिकले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्नेछन । यो सेवा विद्युतिय उपकरणको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहककाघर दैलोमानै पुगेर प्रदान गर्नेछन् ।
यो सुबिधाअन्तर्गत खाताखोल्ने ग्राहकलाई बचत र मुद्घतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो ।
हाललाई यो सुविधा काठमाण्डौ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध रहेको पनि बैकले जनाएइको छ । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?