रिलायन्स लाईफको बालजीवन योजना


काठमाडौ : रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँबर्ष २०७५ को अवसरमा ग्राहकको लागि ‘मेरो मुटु बाल जीवनबीमा’योजना ल्याएको छ । एक महिनाको उमेर देखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य रहेको पनि कम्पनीले जनाएको छ ।
यस योजनाको अन्य विशेषताकाो रुपमा परिपक्वता पाइने सुविधाका साथै बीमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परीस्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको १ प्रतिसतको दरले हुन आउने रकम आयको रुपमा बीमा अवधी भरी हरेक महिना प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
बीमा योजनाको सञ्चालनसँगै कम्पनीले ५ वटा जीवनबीमा योजना बाट आफ्ना ग्राहकलई सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको जनाएको छ ।
रिलायन्स लाईफ सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । यस्को कूल पूंजी २ अर्ब १० करोड र चुक्ता पूंजी १ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?