इक्यानमा बस्नेत समूहको उम्मेदवारी


काठमाडौँ : नेपाल शैक्षिक परमर्ष संघ (इक्यान) मा सरोज कुमार बस्नेत समूहले उम्मेदवारी घोषणा गरेको छ । ८ बैसाखमा हुने निर्वाचनको लागि उपत्यकाका मात्र नभई मोफसलका अधिकांस इक्यान सदस्य उपस्थिति रहेको कार्यक्रममा बस्नेत समुहले उम्मेदवारी घोषणा गरेको हो । इक्यानका सबै पूर्व पदाधिकारी , सल्लाहकारका साथमा वर्तमान कार्यसमितिका सदस्य उपस्थित थिए । सो समुहा पुर्वाञ्चल बाट वर्तमान अध्यक्ष रोशन निरौला पुर्व संयोजक दिवाकरलाल चौधरी, चितवन बाट शाखा अध्यक्ष भानु खरेल, ललितपुर अध्यक्ष प्रकाश महत उपस्थित भइ समर्थन गरेका थिए भने पोखरा बाट पूर्व अध्यक्ष महेश भण्डारीले भिडियो संदेशबाट शुभकामना दिएका थिए । ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नारा दिएको बस्नेत समूहमा धेरै अनुभबी र पूर्ण ब्याबसायिक उम्मेद्वार रहेको जिकिर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?