कोकाकोलाको बिजेता छनोट


काठमाडौ : कोकाकोला नेपालले ‘कोक खाम् रसियाजाम’ अभियान अन्र्तगत छैटौं साताको बिजेता छनोट गरेको छ । यो साता कम्पनीले ६ जना बिजेताको नाम घोषणा गरेको हो ।
यस साताको बिजेतामा गौरब बिजुक्छे, रबिन्द्र शाक्य, चेत नारायण श्रेष्ठ, जनक बस्नेत, मिठु भण्डारी र सुजन केसी रहेका छन् । २४ इन्चको टेलिभिजन बिजेतामा हेटौडाका सुजन स्यानताङ रहेका छन् । रसिया जाने बिजेतामा शाक्य छनोट भएका छन ।
हाल सम्म २७ जना बिजेता छनोट भैसकेका छन ।
यस योजनामा ४० जना बिजेताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउने पनि कोकाकोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?