नयाँ बर्षमा एनआइसी एसियाको बिशेष छुट योजना


काठमाडौं : एनआईसी एशिया बैंकले आफना ग्राहकलाई नयाँ वर्षको अवसरमा विशेष छुट योजना ल्याएको छ । बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्डमार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ स्टोरमा सेवा-वस्तु खरिद वापत कार्डमार्फत रकम भुक्तानी गर्दा ५ देखि ५० प्रतिशत छुट दिने भएको छ ।
बैंकका अनुसार १ बर्ष सम्म उपलब्ध हुने सो छुट सुविधा देश भरिको ३० भन्दा बढी संस्था वा ब्यापारिक केन्द्रमा उपलब्ध हुने छ । जसले गर्दा ग्राहकलाई सर्वसुलभ तरिकाबाट सामान खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । हालसम्म बैंकले करिब १ खर्ब ९ अर्ब रुपैंया कर्जा परिचालन गरेको छ भने १ खर्ब ३४ अर्ब रुपैंया निक्षेप संकलन गरेको छ ।
बैंकले देशभरका १ सय ९२ शाखा कार्यालय, १ सय ९६ एटिएम, ४ एक्स्टेन्सन काउन्टर तथा ४ शाखारहित बैंकिङ मार्पmत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?