आईएमई इस्योरेन्स र ओम हस्पिटल सम्झौता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक श्रीपवन थापा र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिनेछ । साथै, सोही अवसरमा थापाले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्ना ग्राहकलाई आईएमईसँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे । अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?