सिटिजन्स बैकको आर्थिक सहयो


काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको हो । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा आयोतिज कार्यक्रममा बैंकका प्रमुख खकार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितीमा विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई दुई लाख रुपैयाको चेक बैंकका प्रमुखप्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेकी हुन ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको भन्दै सामुदायिक विद्यालय आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षाप्रदान गर्न सकिनेमा जोड दिए । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने पनि उनको भनाई थियो ।
सो अवसरमा बिद्यालयले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंकप्रगति र उन्नतिको प्रकाश बनेर आएको बताएको थियो । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेको बैकले जनाएको छ ।
बैकले हाल ७४ वटा शाखा, ६९ वटा एटिएमर ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधा प्निउपलब्ध गराउँदै आएको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?