गण्डकी बैकको २० प्रतिशत वोनस सेयर पारित


पोखरा । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३-७४ सम्मको संचित नाफाबाट कुल चुक्ता पुँजीको १९ दशमलव ३१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संचालक समितिको आव २०७३-७४ को वार्षिक प्रतिवेदन पास गर्नुको साथै आगामी ४ वर्षका लागि ६ जना संचालक निर्विरोध निर्वाचित समेत गरेको छ । बोनस सेयर वितरणपश्चात बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी आधारमा बैक सबैभन्दा ठूलो एवं अग्रणी विकास बैंक समेत बनेको दाबी बिज्ञप्तिमा छ । संचालक समितिमा संस्थापक सेयरधनीबाट पद्यप्रसाद पौडेल, सुशील गौचन र किशोर ओझा रहेका छन भने सर्वसाधारण सेयरधनीतर्फबाट नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी छन् ।
बैंकले आव २०७४-७५ को तेश्रो त्रैयमासीक अबधिमा सम्म निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँ गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?