इटहरीमा यामाहा एफजी २५ ‘राइड आउट’


काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजी २५का राइडरका लागि रोमाञ्चक ‘राइड आउट’को चौथो संस्करणको आयोजना गरेको छ । यसपटक १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको यामाहा सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराएको थियो
पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरेका थिए । तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडर बीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए ।
अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्ने र वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको कम्पनीले जनाउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?