गरिमा रेमिट सञ्चालन सम्झौता


काठमाडौ । गरिमा विकास बैंक लिमिटेड र मितेरी डेभलपमेण्ट बैंक लिमिटेड बीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ । सो सम्झौतामा गरिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात मितेरीका १५ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?