फिफा क्लब विश्वकपको उपाधि स्पेनिसको पोल्टामा


काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले पाएको छ ।

युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । रियलको यो चौथो क्लब विश्वकप उपाधि हो ।

१४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रियल १–० ले अघि रहेको थियो । मर्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलको ६०औं मिनेटमा रियलले अग्रता २–० मा लम्ब्याएको थियो ।
७८ औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्न प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेपछि रियलले उपाधि करिब करिव निश्चित बनायो । ८६औं मिनेटमा शुकासा शिओटानीले अल ऐनका लागि गोल गर्दै रियलको अग्रता घटाउने प्रयास गरेपनि इन्ज्युरी समयमा याया नदेरले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भएको हो ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?