‘ए’ डिभिजन लिगमा आर्मीद्वारा सरस्वती पराजित


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई ४–० गोलले पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले २ गोल गरे । खेलको छैटौं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर आर्मीलाई अग्रता दिलाए ।

२८ मिनेमा सरस्वती १० खेलाडीमा सीमित बन्यो । सुसन लामा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । उनले खराब ट्याकल गरेको कारण आर्मीले पेनाल्टी अवसर पायो। पेनाल्टीमा भरत खवासले गोल गरे । ६२ मिनेटमा आर्मीले तेस्रो गोल गरेका थिए ।

८० मिनेटमा आर्मीको अग्रता ४–० मा पुग्यो । आर्मीका कप्तान भरतको क्रस रोक्ने क्रममा सरस्वतीका ओलुसोला इब्राहिमले आफ्नै पोस्टमा गोल गरेका थिएका थिए । जितसँगै आर्मीले ११ खेलमा २१ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?