लोकगायक लामिछाने ६३ वर्षको उमेरमा निधन


काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार उमेरमा निधन भएको छ ।

शुक्रबार दिउँसो ६३ वर्षको उमेरमा भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–७ वागेश्वरीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

गायक लामिछाने लामो समयदेखि पक्षघात, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछाने लोकगीत संकलक तथा गायक हुन् ।

उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस ३ मा भएको थियो । लामिछानेका ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर…, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’….जस्ता जीवन्त गीतहरु सम्झेरलगायतका छन् ।

गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको उनकी छोरी सम्झनाले जानकारी दिइन् । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?