घूस लिएको अभियोगमा तीन कर्मचारी समातिए


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई घूस लिएको आरोपमा नियन्त्रणमा लिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग १५ हजार घूस लिएको अभियोगमा तीन कर्मचारीलाई पक्राउ गरेको हो ।

आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौं, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतले जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दामाग्दै पक्राउ गरिएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?