जबराविरुद्धको संसदीय सुनुवाइ आइतबार


काठमाडौं । प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्धको संसदीय सुनुवाइ आइतबार हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसमेतको सुनुवाइ गर्न आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

सांसदहरुले सोधेका प्रश्नको जवाफ जबराले दिनुपर्ने हुन्छ । सुनुवाइमा चित्तबुझ्दो जवाफ आए जबरा प्रधानन्यायाधीशका लागि स्वीकृत हुन्छन् ।

राणामाथि परेका उजुरी खोलिएको र शुक्रबार उजुरीकर्तासँग समितिले छलफल गरेपछि सुनुवाइको मिति तोकेको हो । जवराविरुद्ध यसअघि ९ थानमध्ये ८ थान उजुरी राणाको कार्यसम्पादन सम्बन्धमा प्रश्न उठाउँदै दर्ता भएका छन् ।

राणाले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरु विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनुपर्ने दाबी उजुरीमा गरिएको छ ।

समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणाविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरेको थियो ।

समितिले प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो । संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?