सिफारिस राजदूतविरुद्ध १० दिनभित्र उजुरी आह्वान


काठमाडौं, १८ पुस(ओएनएस) : संसदीय सुनुवाइ विशेष समितिले विभिन्न पाँच देशका लागि सिफारिस भएका राजदूतविरुद्ध उजुरी आह्वान गरिएको छ ।

समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको हो । सरकारले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्ड र सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभाका लागि सिफारिस गरेको छ ।

यस्तै, सहसचिव भृगु ढुंगानालाई क्यानडा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । उजुरीका लागि १० दिनको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?