बंगलादेश प्रिमियर लिग खेल्दै सन्दीप


काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् ।

अष्ट्रेलियाको बिग ब्यासमा चार खेलमा आठ विकेट लिएर बीचमा नै पूर्व सहमति अनुसार दक्षिण एसियामा हुने दोस्रो ठूलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्ने छैनन् ।

फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् ।

नेपालले २५ जनवरीमा पहिलो एक दिवसीय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ । यस्तै जनवरी ३१ देखि फेब्रुवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?