सपथपछि सदर खोर फर्कीए सांसद चौधरी


काठमाडौं । सपथपछि सांसद रेशम चौधरीलाई काठमाडौं डिल्लीबजारस्थित सदर खोर ल्याइएको छ ।
बिहीबार डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सपथका लागि सिंहदरबाटर ल्याएको थियो ।

उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनलाई बा १ झ ७७०६ नम्बरको गाडीमा डिल्लीबजार लगिएको हो ।
चौधरी टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहदै आएका छन् ।

चौधरीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिए ।

उनले थारु भाषामा सपथ लिएका थिए । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिएका थिए ।

सपथ लिएपछि चौधरीले सभामुख महरासँगसपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?