प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरु धरासायी भएको बताए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई राजनीतिबाट पीडित हुन नदिन पनि ओलीले मातहतका निकायलाई समेत निर्देशन दिएका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने उनको जोड छ ।

शिक्षण संस्थाहरुलाई जनताको साझा संस्थाको रुपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिष्ठानका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यकता रहेको बताए ।

बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय बिगाहा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?