प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

दिउँसो १२ बजेका लागि बोलाइएको पहिलो बैठकमा आफ्नो कुरा राख्दै कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

त्यसपछि २ : ३० बजे बसेको दोस्रो बैठक पनि कांग्रेसले अवरुद्ध गरेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले भोलि ३ बजेका लागि अर्को बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?