वरिष्ठ कलाकार मुनालको निधन


काठमाडौं । वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ ।  दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका उनको सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो ।

मुनाल लामो समयदेखि अस्वस्थ थिए । उनले ‘प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ’ लगायतका चलचित्र तथा ‘तितो सत्य’ लगायतका टेलिसिरियलमा अभिनय गरेका छन् ।

उनी अभिनित चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ । मृतक मुनालको पार्थिव शरीरलाई सोमबार नै दाहसंस्कारको लागि पशुपति आर्यघाटमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?