‘नदेखिएको जात’ जातिय विभेदभित्रको प्रेम कथामा आधारित चलचित्र हो


बेदप्रसाद भूर्तेल,चलचित्र निर्देशक

नेपाली चलचित्रको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपाली चलचित्र एनालग हुँदै डिजिटलमा प्रवेश गरेको आज एक दशक पुग्न लागिसकेको छ भने नेपाली चलचित्र उद्योगले पनि आधा शताब्दी पार गरिसकेको छ । आधा शताब्दी पार गरिसकेको वयस्क उद्योग अझै वामे सर्दै गरेको महशुस गरेको छु । जवदेखि नेपाली चलचित्रमा युवा पुस्ता र नयाँ प्रविधि भित्रिदै गयो तव नयाँ बिचार, नयाँ सोच र नयाँ विषयहरुले चलचित्रमा स्थान पाउँदे गएका छन् । केहि वर्ष अगिसम्म हिन्दी फिल्मको वर्चशव रहेको नेपालमा विस्तारै हिन्दी फिल्महरु विस्थापित हुदै गएका छन् भने नेपाली चलचित्र स्थापित हुँदै गएका छन् । मलाई लाग्छ, अवका दिनहरुमा नेपाली चलचित्रले केहि फड्को मार्न सक्छ ।

नेपाली चलचित्र बनाएर, अभिनय गरेर अनि निर्देशन गरेर बाँच्नमात्र सकिन्छ कि कमाउन पनि सकिन्छ ?

केहि वर्ष अगिसम्मको तुलनामा अहिले कालाकार प्राविधिक सवैको पारिश्रमिक उच्च दरमा बढदै गइरहेको छ र चलचित्रको व्यापार पनि बढदै गइरहेको छ । अवका दिनमा नेपाली चलचित्र पूर्ण व्यवसायिक हुन सक्छ ।

नेपाली चलचित्रले नेपालको वस्तुगत अवस्थालाई पर्दामा उर्तान कति सकेका छन् ?
विगतका चलचित्र लार्जर द्यान लाईफ मात्र थियो भने अवका दिनमा मिरर अफ सोसाईटी भनिन थालेको छ । विस्तारै नेपाली चलचित्र मेलो ड्रामा वा फिल्मी लिवर्टीवाट माथि उठेर समाजसँग जोडिदै गएको महसुस गरेको छुँ ।

नेपाली चलचित्रमा के बढि बिक्छ ? नग्नता, कथा, अभिनय ?
नग्नताको कुरै नगर्नुस् । कला र कथा मात्र बिक्छ ।

कुनै समय थियो नेपाली चलचित्र भनेपछि नाक खुम्च्याउँथे, अहिले नेपाली चलचित्रप्रति केहि आकर्षण बढेको हो ?

नेपाली चलचित्रप्रतिको आकर्षण हिजो पनि थियो, आज पनि छ । फरक यत्ति हो, हिजोको दिनमा दर्शकहरुले सिमित घेरामा मात्र चलचित्र हेर्न पाउँथे । अहिले हात हातमा हेर्न पाउँछन् । र मिडियाको बाक्लो उपस्थितिले अझै चलचित्रको दायरा फराकिलो हुदै गएको चाहीं हो ।

तपाईले चलचित्र यात्रा कहिलेदेखि शुरु गर्नुभएको हो ?

म करिव १४ वर्षको हुँदा नै नाटकमा अभिनय र निर्देशन गरेर अगाडि बढेको हुँ । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाको चलचित्रसम्म आइपुगेको छुँ ।

आजसम्म दर्जन भन्दा बढी चलचित्रमा निर्माण, निर्देशन र अभिनय गर्दा कस्तो अनुभूति गर्नुभएको छ ?

हिजाकेो दिनसम्म मलाई वेदप्रसाद भूर्तेल मात्र भनेर चिन्थे भने आज कलाकार निर्देशक बेदप्रसाद भूर्तेृल भनेर चिन्छन् । यहि चलचित्र क्षेत्रले मेरो परिचय फराकिलो बनाईदिएको छ ।

तपाइले निर्माण गर्ने घोषणा गरेको नदेखिएको जात कस्तो चलचित्र हो ? यो चलचित्रको समाजमा कस्तो प्रभाव पार्न सक्छ ? नेपालमा भएको जातिय विभेद अन्त्य गर्न सकिन्छ कि सकिदैन, के लाग्छ तपाईलाई ?
मैले निर्माण घोषणा गरको चलचित्र जातिय बिभेदभित्रको प्रमेकथा हो । यो जातिय विभेद अन्त्य गर्नको लागि चाहिने हतियार भनेकै प्रेम हो । विभिन्न समुदाय र संस्थाहरुले जातिय विभेद अन्त्य गर्ने नाममा अझै जातिय विभेद बढाइरहेका छन् । हामीले यो जातिय विभेद अन्त्य गर्नको लागि पानी मात्र चलाउने होइन । दुई समुदायवीच बिहाबारी पनि चलाउनुपर्छ । अनि मात्र जातिय विभेद अन्त्य हुन सक्छ । र नेपालमा विद्यमान जातिय विभेद पूर्ण रुपमा अन्त्य गर्न भने सकिदैन । किनकि यो देशमा केहि राजनीतिक दल र केहि जातिय संगठन नै जातिय विभेद अन्त्य गर्न चाहदैनन् । यदि नेपालमा जातिय विभेद अन्त्य भयो भने ती दलहरु र संगठनको राजनीतिक मसला नै सकिने भएकाले उनीहरुले कुनै न कुनै वहानामा जातिय विभेद जीवित राखी राख्न चाहान्छन् । तर हामीलाई राजनीति गर्नु छैन । समाज सुधारको काम गर्नु छ । त्यसैले हामी चाहि यो जातिय विभेद अन्त्य होस् भन्ने चाहान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?