एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग


काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर सहयोग गरेको छ ।

बैंकको वित्तीय सहयोगमा काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित भाग्योदय मावीलाई केही थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख जनसम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई संयुक्तरुपमा उक्त कम्प्युटरहरु हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ लगायतको उपस्थिति थियो ।

विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले बताईन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ गरिरहेको बैंकले यस्ता सामाजिक उत्तरदायित्वको काम गर्नु प्रसंशानिय रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?