ब्राजिलमा फलाम खानीको बाँध भत्किँदा कम्तीमा ३४ जनाको मृत्यु


एजेन्सी । ब्राजिलमा रहेको एक कच्चा फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा धेरै हराइरहेका छन् ।

५० जनाको जीवितै उद्दार गरिएको बीबीसीले जनाएको छ ।  उद्दार गरिएकामध्ये २३ जनाको उपचार भइरहेको छ । ब्राजिलको दक्षिण पूर्व्स्थित मेनस जेराइस राज्यको ब्रोम्हेडिन्हो शहर नजिकै रहेको खानीमा कामदारले खाना खाइरहेका बेला शनिबार बाँध भत्किएको हो ।

बाँध भत्किँदा हराइरहेकाको खोजी भइरहेपनि उनीहरुलाई जिवितै भेट्ने सम्भावना कम मात्र रहेको सरकारी अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?