मलेसियामा सवारी दुर्घटनामा सोलुखुम्बुका राईको मृत्यु


सोलुखुम्बु । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

उनी वैदेशिक रोजगारीका क्रममा विगत ३ वर्षदेखि त्यहाँ कार्यरत थिए ।

बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाइ दानकुबिर राईले जानकारी दिए ।

मृतक राई मलेसियाको ‘मलकाको सुंगाई कोलाबारु मजिस्था’ नाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?