कांग्रेस भातृसंगठनद्वारा नयाँ बानेश्वरमा विरोध प्रदर्शन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विभिन्न भातृसंगठनहरुले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै सरकारविरुद्ध नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।

सुरक्षाका लागि खटिएका प्रहरीले माइकिङ गर्दै निषेधित क्षेत्रतर्फ अगाडि नबढ्न आन्दोलनकारीलाई चेतावनी दिइरहेको छ ।

प्रहरीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेमा बल प्रयोग गर्ने चेतावनी दिइरहेका छन् । गत शुक्रबार संसदबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाम जोडिएका अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सबै भातृसंगठनलाई सरकारविरुद्ध आन्दोलन गर्न आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?