डा.केसीको समर्थनमा शिक्षण अस्पतालमा चिकित्सक संघको भेला


काठमाडौं । सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न कुनै पहल नगरेपछि नेपाल चिकित्सक संघ अहिले छलफलमा जुटेको छ । शिक्षण अस्पतालमा अहिले आवासीय डाक्टरहरुको छलफल चलिरहेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठका अनुसार डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेपछि संघ थप छलफलमा जुटेको हो ।

डाक्टर केसीको समर्थनमा आवासीय चिकित्सकले आइतबार पनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा बहिष्कार गरेका छन् ।

डा. केसी चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित ६ बुँदे माग राखेर गत पुस २५ गतेदेखि १६ औं पटकको अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?