डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन गर्ने


काठमाडौं । डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले भोली(सोमबार) देखि रिले अनसनमा शुरु गर्ने भएका छन् ।

नेपाल चिकित्सक संघको नेतृत्वमा शिक्षण अस्पतालमा आइतबार बसेको भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले देशभरका डाक्टरलाई रिले अनसशमा बस्न आह्वान समेत गरिएको छ ।

संघका अध्यक्ष मुक्ति श्रेष्ठले डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेपछि यस्तो निर्णय गरिएको जानकारी गराए ।

यस्तै, अनसनरत डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरले आजपनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा वहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?