पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत


पाँचथर । पाँचथरस्थित कुम्मायक गाउँपालिका–२ मा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति घरका कोही नभएको मौकामा कुम्मायक गाउँपालिका वडा–१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे नामले चिनिने एकल लावतीले बालिकालाई बलात्कार गरेको पाँचथर प्रहरीले जनाएको छ ।
सो रात पीडित बालिकाका आफन्त विवाहमा गरेका थिए ।

पीडितका आफन्तले दिएको जाहेरीका आधारमा लावतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?