फिलिपिन्समा विस्फोट हुँदा २० भन्दा बढीको मृत्यु


एजेन्सी । फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाभन्दा बढीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार बिहान पौने ९ बजे जोलो आइसल्याण्डमा रहेको एउटा चर्चमा प्राथना गरिरहेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ ।

त्यसको केही समयपछि कार पार्किङमा अर्को विस्फोट भएको हो । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?