५६ थान बाघको हड्डीसहित दुई नियन्त्रणमा


काठमाडौं । प्रहरीले बाघको ५६ थान हड्डीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई आफ्नै घरबाट र सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई बल्खुबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले बाघको ५६ थान हड्डी बरामद गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको प्रहरीले सविताको घर तलासी गर्दा बाघको हड्डी फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?