प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः शेरचन


काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।
उनी चार वर्षका लागि नियुक्त भएका हुन् । शेरचनको कार्यकाल आगामी माग १८ गते सकिँदै थियो ।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारी थिए ।
शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ वर्षको बैंकिङ गरेको अनुभव छ । प्रभु बैंकले ग्राण्ड बैंक एक्विजिसन गरेको एक दिनपछि नै सिइओको जिम्मेवारी शेरचनलाई दिइएको हो । उनी बैंकर्स संघको कार्य समिति सदस्य पदमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?