यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर


काठमाडौं । राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
आइतबार कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ३६ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ २९ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८९ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?