सकियो २४ घन्टे सामुहिक अनसन


इटहरी । अनसनरत डा.गोविन्द केसीको समर्थनमा इटहरीमा शनिबार देखि शुरु भएको २४ घन्टे सामुहिक अनसन आइतबार सकिएको छ ।

अनसनकारीलाई २ कक्षामा अध्ययनरत सुम्निमा लिम्बुले जुस पिलाएकी थिइन् । शुक्रबार संसदबाट पारित राष्ट्रिय चिकित्सक शिक्षा विधेयक शैक्षिक माफियाको पक्षमा भएको भन्दै लिवरल सोसाइटीले अनसन शुरु गरेको थियो ।

अनसन समापनपछि सोसाइटीका अध्यक्ष सुवेक्छु देवानले डा.केसीले गरिब जनताका छोराछोरीले सहज ढंगबाट चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने माग राखेकोमा आफूहरुको त्यसमा समर्थन रहेको बताए ।

अनसनको समापनमा पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले केसीका मागमा आफ्नो पूर्णरुपमा ऐक्यबद्धता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?