चिकित्सकहरु आजपनि रिले अनसनमा


काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका माग सम्बोधन गर्न माग राख्दै चिकित्सकहरुले आज दोस्रो दिन पनि रिले अनसन जारी राखेका छन् ।

उनीहरु शिक्षण अस्पताल परिसरमा अनसन बसेका हुन् ।
अनसन स्थलको टेन्ट भने हटाइएको छ । शिक्षण अस्पतालले सोमबार अस्पताल परिसरमा अनसन नबस्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो ।

तर, उक्त आग्रह नमानेर चिकित्सकहरुले परिसरमै अनसन जारी राखेका छन् । चिकित्सकहरु अनसन बसेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । डाक्टर केसी १६ औँ पटकको आमरण अनसन बसेको २० दिन पुगेको छ । अनसनको २० दिनसम्म आइपुग्दा उनको स्वास्थ्यस्थिती कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?