रानीपोखरी बनाउने जिम्मा प्राधिकरणलाई


काठमाडौं । सरकारले रानीपोखरी बनाउने जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको छ ।
छ ।

माघ १४ बसेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतका पुरातात्विक महत्वका सम्पदा कुन शैलीमा निर्माण गर्ने भन्ने विषय टुंगो नलाग्दा भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि कुनै काम अघि बढ्न सकेको छैन । यसअघि काठमाडौं महानगरपालिकाले ती संरचना निर्माण गर्ने पहल गर्दै आएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडांै महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिने बताए ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट र शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरुले दिएको सुझावसमेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुट र शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?