चट्याङले एक जनाको ज्यान गयो


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा शनिबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका– ८ हंसपुरको बिजुरेमा चट्याङ लागेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?