बिग बास लिगको उपाधि मेलबर्न रेनेगेट्सलाई


काठमाडौं । बिग ब्याश लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स मेलबर्न रेनिगेड्ससँग पराजित भएको छ ।

आइतबार भएको फाइनल खेलमा छिमेकी टिम मेलबर्न रेनिगेड्ससँग मेलबर्न स्टार्स १३ रनले पराजित भएको हो ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनायो ।

मेलवर्न स्टार्सका ओपनर वेन डन्कले ५७ र मार्कोस स्टोनिसले ३९ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रेनिगेड्सले पुरै २० ओभर खेल्दै खेल्दै ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । रेनिगेड्सका टम कोपरले अविजित ४३ तथा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे ।

स्टार्सका एडम जाम्पा र ज्याक्सन बर्डले दुई दुई विकेट लिए । नेपालका सन्दीपले किफायती बलिङ गरेपनि विकेट लिन सकेनन् । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए ।

यसअघि सन्दीपको टिम स्टार्सले होबार्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यस्तै रेनिगेड्सले सिड्नी सिक्सर्सलाई ३ विकेटले पराजित गर्दै स्टार्ससंगको भेट पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?