भेनेजुएलाको सीमामा अमेरिकी सैन्य जहाज


एजेन्सी । भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् ।
आफुलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गुवाइडोको आग्रहमा अमेरिकाले सहायता सामग्री पठाएको हो ।

अमेरिकी सहयोग नियोगका प्रशासक मार्क ग्रिनले बालबालिकाहरु भोकभोकै पर्ने अवस्था आएको र अस्पतालहरुमा औषधि अभाव हुन थालेपछि आफूहरुले मानवीय सहायता उपलब्ध गराएको बताएका छन् । विपक्षी नेता गुवाइडोले सहायता सामग्री फेबु्रअरी २३ मा भेनेजुएला भित्र्याइने जानकारी दिएका छन् ।

राष्ट्रपति निकोलस मडुरोले भने अमेरिका सहायता सामग्री पठाउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने योजनामा रहेको बताउँदै आएका छन् । सहायता सामग्री बहाना मात्रै रहेको उनको भनाइ छ ।

मडुरोको समर्थनमा रहेको भेनेजुएलाको सेनाले सहायता सामाग्री प्रवेशमा रोक लगाउन कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा यसअघि नै अवरोध खडा गरेको छ । जसका कारण अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?