संघीय मातहत नराखे सामूहिक राजीनामा : सरकारी चिकित्सक


काठमाडौं । कर्मचारी समायोजन गर्दा आफुहरुलाई संघीय सरकार मातहत नराखे सामूहिक राजीनामा दिने सरकारी चिकित्सकहरुले चेतावनी दिएका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सक संघले सहसचिव स्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा गैरकानूनी रुपमा समायोजन गरेको भन्दै विरोध गरेका हुन् ।

संघले सरकारले आफुहरुको माग तत्काल सम्बोधन नगरे बिहीबार सामुहिक राजीनामा बुझाउने बताए । सरकारी चिकित्सक संघले चिकित्सकलाई स्थानीय तहमै सिमित गर्ने गरी अध्ययन बिना कर्मचारी समायोजनमा राखेको गुनासो समेत गरेको छ ।

संघले सोमबारदेखि नै स्वेच्छिक सामुहिक राजीनामाका लागि हस्ताक्षर संकलन गर्दै थप आन्दोलन गर्ने बताएको छ ।
उनीहरुले बुधबारदेखि सामुहिक विदामा बस्ने र बिहीबारदेखि सामुहिक राजीनामा बुझाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?