मोदीको छिमेकमन्त्र, चासो आतंकबाद र लोकतन्त्र


युगनाथ शर्मा पौडेल
फेरि भारतको केन्द्रीय सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानी आतंकबादलाई मुख्य मुद्दा बनाउदै भारतमा प्रचण्ड राष्टबादको नारामा नया दिल्लीको केन्द्रीय सत्तामा बहुमतले सत्तामा फर्किएको लगत्तै उनले छिमेकी देश माल्दिप्सको भ्रमण गरेका छन मोदीको अघिल्लो कार्यकालमा माल्दिप्समा लोकतन्त्र संकटमा परेको बेला उनले त्यो छिमेकको भ्रमण गर्न सकेका थिएन तर उनले यसपटक सत्तारोहण गरेको लगत्तै त्यो देशको भ्रमण गरेका छन । भारतीय प्रधानमन्त्री मोदी बिश्वको बिशाल लोकतन्त्रको नेता हुन उनले हिजोत्याहा पुगेपछि माल्दिप्समा लोकतन्त्रको मात्र कुरा गरेनन उनले पाकिस्तानलाई संकेत गर्दै आतंकबादीलाई राज्यको सुबिधा दिएर पाल्ने देशलाई सम्पूर्ण बिश्वले एक्लो बनाउदै उनीहरुमाथि दबाब बढाउनु पनै कुरा उल्लेख गरे । मोदीको बिदेश भ्रमणको पहिलो संबोधन उनले माल्दिप्सको संसदमा गरेका छन जहा उनले दुई कुरा गरे । एक आतंकबादका बिरुद्ध बिश्व जनमत एक हुने र अर्को भारतको अडान लोकतन्त्र हो र माल्दिप्सले लोकतन्त्रको बाटो आफुलाई अगाडि बढाउन सफ्लता प्राप्त गरोस भन्ने शुभ कामना समेत त्यो देशका बासिन्दालाई दिए । मोदी आज एक दिनको श्रीलंका भ्रमण गरेर भारत फर्किदैछन । केही समय अगाडि श्रीलंकामा भएको आतंकबादी आक्रमणको सूचना भारतको गुप्तचर एजेन्सीले श्रीलंकालाई उपलब्ध गराएको भएपनि त्यहाको गुप्तचर एजेन्सी र राष्टपति प्रधानमन्त्रीबीचको संबादहीनताले त्यो दुर्घटना घटेको अनुमान समेत गरिएको बेलामा भारतका प्रधानमन्त्रीको यो भ्रमण भइरहेको छ । मोदीले त्यहाको बिपक्षी नेता सहित राष्टपति र प्रधानमन्त्रीलाई भेटनेछन भने तामिल राजनीतिक संगठनलाई पनि भेटनेछन ।
मोदीले दुबै देशलाई भारतसंगको मित्रताको सन्देश दिन त्यहा पुगेको हुन । उनले आउने केही समयमा नेपालको समेत भ्रमण गर्ने र त्यसमा पनि लुम्बिनीको पनि भ्रमण गर्ने सम्भावना रहेको छ । यो उनको छिमेकी पहिलोको भारतीय बिदेशनीती अनुसारको भ्रमण हुनेछ । त्यस्तै उनले अरु छिमेकीहरुको पनि भ्रमण गर्नेछन र सबैसंग आर्थिक बिकासको मुुद्दामा एक अर्कोसंग सहयोगको चर्चा गर्नेछन ।
त्यसो त मोदी पाकिस्तानको पाकिस्तानको गुप्तचर संस्थाको प्रायोजनमा भएको पुलावामा घटनाको बदला लिन पकिस्तानमा घुसेर आक्रमण गरेर बालाकोटको आतंकबाद बिरुद्ध आक्रमण गरेर राष्टबादको लहरमा फेरि सत्तामा फर्किएका छन । त्यो मात्र होइन उनले सपथग्रहणमा समेत सार्कलाई महत्व नदिएर बिमस्टेकलाई महत्व दिएर सबै छिमेकीहरुलाई भारतको नया दिल्ली बोलाएका थिए , यो मोदीको बलियो कुटनीतिक सन्देश हो । अब पाकिस्तानले भारतको कुरालाई सम्बोधन गरेन भने त्यस अबस्थामा सार्कको प्रभावकारिता समाप्त हुनसक्छ ।

सार्क सम्मेलन रोकिएको रोकिएकै छ । सार्क यो अबस्था रहेमा लगभग सार्क भग हुने खतरा बढेर जाने देखिन्छ ।, केही समय अगाडि बिमस्टेक सम्मेलनले केही सकारात्मक सन्देश दिन खोजेको छ तर त्यसको गति पनि सुस्त रहेको छ । यदि यस्तै अबस्था रहने हो भने सार्क पाकिस्तानका कारण भंग हुने हो कि भन्ने अबस्थामा पुगेको चियागफ स्वाभाबिक हुन । ती चिया गफ वास्तबिकतामा परिवर्तन हुन पनि सक्छन यो कुनै नौलो कुरा हुनेछैन । किनकी पाकिस्तानले आतंकबादको बारेमा उसको परिभाषामा आफुलाई हिडाउने गरेको छ तर उ यथार्थ भन्दा धेरै टाढा रहेको छ , पाकिस्तानले सन १९८० पछि कश्मिरमा जुन प्रकारको आत्मघाती खेल खेल्यो यसको मूल्य उसले नराम्रोसंग चुकाइरहेको छ आज कुनै पनि पर्यटक पाकिस्तानको यात्रा गर्ने भनेपछि दशचोटी सोच्ने गरेका छन किनभने आजको पाकिस्तान अलकायदाका नेता ओसामा बिन पाल्ने देश हो यो उसको पारिचय हो । त्यसैले आजको दिनमा पाकिस्तानले आफुलाई सुधार गर्नु पर्छ । उसले आतंकबादको साहारामा युद्ध जित्न सक्दैन हिजोको दिनको आतंकबादी अभियानले आज फेरि सफलता पाइने दिन छैनन किनभने हिजोदेखि आजसम्म सिन्धु नदीदेखि गंगानदीसम्म धेरै पानी बगेको छ भारतमा नया राजनीतिक संस्करणका रुपमा मोदी उदाएका छन उनले पाकिस्तानमा घुसेर हान्छु भनेर आफनो बिदेशनीतिको मार्गदर्शन सिदान्तलाई नै आक्रामक बनाएका छन । केही समय अगाडिको कुरा हो भारत र पाकिस्तानबीच न्युओर्कमा बिदेश मन्त्री स्तरीय बार्ता रद्द भएपछि भारतको तात्कालिक बिदेशी मन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकबादी निर्यातकर्ता देशका रुपमा ब्याखा गरेकी थिइन र त्यो अडानबाट आजको दिनसम्म पनि भारत पछाडि हटेको अबस्था छैन झन मोदीको सपथग्रहणको दृष्यले त यसलाई पुष्टि पनि गरेको छ । केही महिना अगाडि राष्टमण्डलकै हर्ताकर्ता बेलायत सरकारलाई समेत उपयोग गरेर पाकिस्तानी प्रधानमन्त्री कुरेसीले कश्मीर मुद्दालाई आफनो छलफलको एजेण्डामा ल्याउन कोशिस गरेका थिए तर बेलायतलले आफनो पछिल्लो अडान परिबर्तन नभएको जनाएर पुरानो अडानमा यथावत रहेको पुष्टि गरेको छ र यो भारतको पक्षबाट पछिल्लो पटकको कुटनीतिक जीत थियो । सबैलाई थाहा छ आजका दिनमा पाकिस्तान आतंकबादीहरुलाई निर्यात गर्ने देशका रुपमा बदनाम छ यो नेपाली जनताले आफनो आंखाले भारतीय जहाज अपहरणको समयमा नेपालमा नै देखेका थिए ।, अफगानिस्तान र भारतको बारेमा पाकिस्तान आजको दिनमा बिश्व राजनीतिक रगमन्चमा एक्लिएको छ र यो उसको कर्मको फल हो जुन उसले सन ् १९८० देखि शुरु गरेको थियो आतंकबादीलाई स्वतन्त्रता सेनानी भनेर राज्यको समर्थन जारी राखेको थियो त्यो भोगेको पनि छ । पछिल्लो जुन अबस्थामा पाकिस्तानमा नया शासक र सेनाको समर्थन रहेको इमरान सरकारसंग सम्बन्ध सुधार हुने आशा हरु बढेका थिए त्यो पुलावामामा भारतीय सुरक्षाकर्मीमाथि भएको आक्रमणले तुसारापात गरेको छ । त्यसो त इमरान सरकारको पुलावामा घटना पहिलो होइन यस अगाडि पनि कश्मीरमा आतंकबादी मानिएका र गतबर्ष भारतीय फौजबाट मारिएका बुराहन बानीलाई कश्मीरी स्वतन्त्रता सेनानीको पगरी गुथाउदै पाकिस्तानी सरकारले उनको नाममा टिकट जारी गरेको घटनाले त भारतमा पाकिस्तानी नेताहरुमा सदबुद्धि आउन सक्ने सम्भावना पनि हटेको थियो त्यो पनि फेरि तनाबको कारण बनेको थियो र त्यो पृष्ठभूमिमा पुलावामाले त भारतको सहनशीलता नै तोडने अबस्था आयो । भारतले आतंकबादीको रुपमा कारबाही गरेका बुराहन बानीको त्यो टिकट ,केही समय अगाडि जारी गरिएका पाकिस्तानका २० टिकटमा समाबेश गरिएको थियो र , यो घटना त्यस्तो बेलामा सार्बजनिक भएको थियो जुनबेलामा पाकिस्तानमा नया नेता इमरान खानको उदय भएको थियो तर उनलाई पनि पाकिस्तानको सेनाले नियन्त्रण गरेको र उनी पाकिस्तानमा सेना र त्यहाको गुप्तचर संस्था आइएसआईको नियन्त्रणमा रहेको पुष्टि भएको थियो किनकी पाकिस्तानको सेना यो मामिलामा त्यहाका राजनेताहरुको कुरा सुन्दैन । तात्कालिन भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको ले कश्मीरमा पाकिस्तानी सेनाले आतंकबादलाई खुल्ला रुपमा सहयोग गरिरहेको छ उ आतकबाद निर्यातक देश हो र पछिल्लो समयमा भारतीय प्रहरीलाई पाकिस्तानी सेनाले अपहरण गरेर क्रुर यातना दिइ हत्या गरेको यो घटनामा त पाकिस्तानले मानबता बिरुद्धको अपराध नै गरेको थियो र यो आरोप काल्पनिक होइन यो वास्तबिक आरोप हो । पुलावामा र बालाकोट घटना अगाडिको दृष्य न्युओर्कमा हुने भनिएको बिदेशमन्त्री स्तरीय बार्ता रद्दको कारण पाकिस्तानी नया सरकारको आतंकबादी समर्थक नीति नै एउटा बलियो कारण हो । त्यसो त यो घटनापछि आएको पाकिस्तानी प्रधानमन्त्री इमरानको खानको टिप्पणीले उनको प्रधानमन्त्रीको स्तर कायम नभएको र उनको यो घटिया शैली हेर्दा भारत पाकिस्तानबीच तत्काल कुनै बार्ताको सम्भावना थिएन । इमरान खानले आफनो पछिल्लो टवीटमा भनेका थिए कि मैले जीवनमा यस्ता धेरै साना मानिसलाई भेटेको छु जो ठूलो अफिसमा ठूलो कुर्सीमा बसेका हुन्छन तर उनीहरुसंग धेरै अगाडि देख्ने दुरदर्शी सोचको अभाव छ । इमरानको यो टिप्पणीलाई लिएर भारतमा सत्तापक्ष मात्रै होइन बिपक्ष पनि उनको आलोचनामा ओर्लिएको थियो । जे जसरी होस उसले आफना गल्तीले गर्दा आजको दिनमा पाकिस्तान बिश्वका धेरै देशबाट एक्लिएको छ । सार्क जस्तो क्षेत्रीय संगठन उसको आतंकबादी निर्यात गर्ने नीतिका कारण संकटमा परेको छ । आजको दिनमा काठमाण्डूको पाकिस्तानी राजदूताबास समेत कैयौ पटक बिबादमा तानिएको इतिहास छ त्यसकारण सार्कलाई अगाडि बढाएर क्षेत्रीय रुपमा यसको उपयोगितालाई बढाउन सकिने अबस्थाहरु थिए तर त्यसमा पाकिस्तानको कश्मीरमा आतंकबादीलाई सघाउने नीति बाधक भएको छ र यो नै भोलिका दिनमा सार्कको औचित्य समाप्त हुने कारण बन्न सक्छ त्यसैले सार्कका अरु देशले पनि पाकिस्तानलाई आतंकबादको बिषयमा दबाब दिनु पर्ने अबस्था सृजना भएको छ नेपाल सार्कको अध्यक्ष भएका कारण केबल औपचारिक भाषा बोलेर होइन पाकिस्तानमाथि दबाब सृजना गर्ने शैलीमा उसलाई आतंकबादको यो शैली रहने हो भने सार्कमा कि पाकिस्तान आउट कि सार्क भंग हुने अबस्था आउन सक्छ भनेर एक प्रकारको दबाब बढाउनु खुल्ला छिमेकीका लागि पनि एउटा खुल्लासहयोग हुनेछ र यो जनस्तरमा पनि सकारात्मक सन्देश जाने कुरा हो भारत र नेपालमा । आजको दिनमा पाकिस्तान आर्थिक रुपमा पनि कमजोर भएको छ । आज आतंकबादको मुद्दामा पाकिस्तानको भूमिका सन्तोषजनक नदेखिएपछि अमेरिकाले पनि हिजोको जस्तो सहयोग दिन छाडेको छ । चीनले पनि उसको ब्यापारिक स्वार्थ बाहेक अरु कुनै कारणले पाकिस्तानको सहयोग गर्न सक्दैन यो सबैले बुझेको बिषय हो । त्यसैले आजको दिनमा पाकिस्तान अन्तराष्टिय रुपमा पनि दबाबमा छ किनकी उ आज एक्लिएको छ र उसले ठूलो आर्थिक संकटको सामना गर्ने अबस्था आउन सक्छ त्यसमा पनि भारत र अफगानिस्तानसंग उसको सम्बन्ध निरन्तर बिग्रनु भनेको उसकालागि ठूलो क्षति हो । पाकिस्तानको नया शासक क्रिकेटको दुनियाका त लोकप्रिय खेलाडी थिए उनको समयका तर राजनीतिमा उनले शुरुमै आतंकबादी बुराहुन बानीको नामको टिकट जारी गरेर राजनीतिक रुपमा उल्टो ब्याटिड शुरु गरेका थिए जसको राप र तापमा पुलावामा र बालाकोटको घटना घटेको छ यो पछिल्लो दिनका भारत पाक सम्बन्धमा ठूलो सेटब्यक रहेकोछ । आशा गरौ इमरानले उनले त्यो कदमलाई एउटा गल्तीका रुपमा स्वीकार गर्नेछन उनले बिश्व समुदायसंग बिगतको पाकिस्तानको गल्तीकालागि माफी माग्दै अगाडि बढनु पर्छ । पाकिस्तानको तथाकथित लोकतन्त्रले सिकाएको पाठ के हो भने त्यहा जनप्रतिनिधिहरुले शासन गर्दैनन र सेनाले त्यहाको राज्यसत्ता निरन्तर नियन्त्रण गर्छ । आजको दिनमा त्यो अझ बढदो रुपमा नै रहेको छ । त्यसले पनि भारत पाकिस्तान सम्बन्ध सामान्य रुपमा अगाडि बढेको छैन भारतकालागि पाकिस्तानमा सैनिक शासक हुदा केही सकारात्मक सम्भावना देखिएको इतिहास पनि छ । पाकिस्तानले आतंकबादलाई सघाउने प्रतिबद्धता ब्यबहारमा नदेखाउने हो भने अरु कुरा त यस्तै रहला सार्क संगठनको औचित्य भने समाप्त हुने लगभग पक्कै जस्तो छ । तर नेपालले भने सार्कलाई जिबित राख्नकालागि अब भारत र पाकिस्तान दुबैसंग बराबरीको कुरा होइन पाकिस्तानमाथि दबाब बढाउनु पर्छ यदि त्यस्तो अबस्था आएमा सार्क बडापत्र शसौधन गरेर भएपनि पाकिस्तान आइसोलेट गरेर सार्क अगािड बढाउनु पर्छ तर त्यो भन्दा अगाडि पाकिस्तानमाथि कुटनीतिक दबाब बढाउनु पर्छ जहा आतंकबादको बारेमा पाकिस्तानी राज्यको भूमिका उसले घटाओस र त्यसमा भारतको कुरा उसले स्वीकार गरोस । यो प्रकरणमा भारतको कुरा तर्कपूर्ण छ किनकी यो आतंकबादसंग जोडिएको बिषय हो ।

त्यसो त अहिले नेपालमा भेनेजुयलाका कारण अमेरिका पनि चर्चा र चासोमा छ त्यसैले अमेरिका पनि एशियाको राजनीतिमा पछिल्लो दिनमा केही फरक रुपमा अगाडि आएको छ यो उसको बदलिएको दृष्य पनि हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो बर्ष अमेरिकाको सयुक्त सदनलाई सम्बोधन गरृेका थिए । उनले नेपालको नाम पनि आफनो संबोधनमा लिएका थिए तर उनले नेपालको नाम त्यो बेलाको भूकम्पमा भारतले उसका छिमेकीहरुलाई गरेको सहयोगको चर्चा गर्दा लिएका थिए । जहा उनले अफगानिस्तानदेखि मल्दिप्ससम्म श्रीलंकादेखि राष्टसंघसम्म भारतको सहयोगको चर्चा गरेका थिए । मोदीले पहिलो पटक भारत अमेरिका सम्बन्धलाई अपरिहार्य मित्रताको सज्ञा दिएका थिए । जुन भारत अमेरिका सम्बन्धमा पहिलो ऐतिहासिक अभिब्यक्ति पनि थियो । यस अगाडिका भारतीय प्रंधानमन्त्रीले शीतयुद्धको बेलामा पनि भारत रुस मित्रतालाई लिएर यो शब्दको प्रयोग गरेका थिएनन जबकी रुस भारतको हिजोदेखि आज पर्यन्त बलियो मित्र हो जसले उसलाई कठिन समयमा पनि सहयोग गरेको थियो यो अहिले पनि जारी छ भारतले रुसबाट ठूलो सैन्य सामानहरु खरिद गर्दैछ । त्यसअर्थमा भारत अमेरिका सम्बन्धलाई सुमधुर हुनु बिश्वका लोकतन्त्रबादीहरुलाई बेखुसीको कुरा होइन । आजको अमेरिका बिश्वको पुरानो लोकतन्त्र हो भने आजको भारत बिश्वको बिशाल लोकतन्त्र हो जहा ९० कारोड मतदाताहरु मतदानकालागि योग्य छन । यो सम्बन्धको पक्ष लोकतन्त्रको सुन्दरतमा रमाउन चाहनेहरुकालागि खुसीको कुरा हो तर कुरा यतिमात्र होइन । त्यो बेला मोदीले अमेरिकी सयुक्त सदनलाई सम्बोधन गर्दा जुन प्रकारले भारत अमेरिका रणनीतिक साझेदारीको कुरा ल्याएका थिए त्यो पनि कम महत्वको थिएन । हिन्द महासागरदेखि प्रशान्त क्षेत्रमा रणनीतिक साझेदारीको कुरा अमेरिकी सिनेटमा गरिरहदा उनको समर्थनमा बजेका तालीहरुको बजन जोडदार नै थियो भारतको सुन्दर लोकतन्त्रकालागि । उनले आतंकबादका बारेमा जसरी अमेरिकी सिनेटरहरुलाई सम्झाएका थियो त्यसरी यस अगाडिका प्रधानमन्त्रीहरु मनमोहन सिंह बाहेक अरुले खुलेर सम्झाएका थिएनन मनमोहन र मोदीले एउटै शैलीमा अमेरिकालाई आतंकबादको तश्वीर बुझाएका थिए त्यो पनि पछिल्लो समयमा भारतको लोकतन्त्रको जीत जस्तो देखिन्छ । मोदीले त्यो बेला पाकिस्तानको नाम नलिएरै भएपनि खुलेर आतंकबादलाई मलजल दिने आफनो छिमेकमा भएको कुरा बताएका थिए । उनले आतंकबादको राम्रो र नराम्रो बर्गीकरण नहुने भनेर पाकिस्तानको पूर्ब र पश्चिममा आतंकबादको दोहोरो परिभाषामाथि प्रहार गरेका थिए । त्यसपटक मोदी आतंकबादको मुद्दामा धेरै नै आक्रमक देखिएका थिए । उनले लस्कर ए तोइबादेखि तालिबान र आइ एसको नाम लिदै आतंकबादले दक्षिण एशिया देखि अफ्रिकासम्म सताएको चर्चा गरका थिऐ । त्यसो त डि कम्पनीका मुखिया दाउद इब्राहिम मात्र होइन जैस ए मोहमदका नायक हफिज सइद र जैस ए मोहमदका मसुद अजहरको बारेमा त भारतीय सञ्चार माध्यम धेरै नै परिचित रहेका छन ।


त्यसो त आजको दिनमा नेपालको सत्तामा बसेका सबै कुनै न कुनै दिन आतंकको सहारा लिएका बामपन्थीहरु नै थिए तर आजको दिनमा उनीहरुले युद्ध छोडेर बुद्धको सहारा लिएका छन र उनीहरुलाई जनताले आजको दिनमा सत्ता पनि दिएका छन उनीहरु बुलेटबाट होइन ब्यालेटबाट सत्तामा पुगेका छन । अमेरिका देखि भारत सम्म पठानकोटदेखि पेरिससम्म काबुल देखि ब्रसेल्सम्म लण्डनदेखि मूम्बइसम्म पुलाबामादेखि कश्मीर सम्म सबैले आतंकबादको कुरुप तश्वीर देखेका छन । त्यसैले आजको दिनमा नेपालले आफनो भूमि आतंकबादीहरुले उसको छिमेकी देश बिरुद्ध प्रयोग नगरुन भनेर गम्भीर सतर्कता अपनाउनै पर्छ । मोदीले केही समय अगाडि भारतका छिमेकमै आतंकबादलाई पालिएको छ भनेर अमेरिकी संसदमै सार्बजनिक गरिसकेपछि त्यो छिमेक पाकिस्तान नै भए पनि खुल्ला हवाई सीमा भएको नेपाल पनि सतर्क रहनु पर्छ । केही दिन अगाडि नेपालको बिमानस्थलबाट नक्कली भारतीय रुपैया बरामद भएको र त्यो घटनामा पाकिस्तानी नागरिक समेत केही नेपाली पक्राउ परेको घटना नेपालकालागि पनि थप चुनौतिको बिषय हो । यो कुरालाई जति सामान्य रुपमा केबल समाचारमात्र बनाइयो यो सामान्य समाचार मात्र होइन ।
सन १९८० पछिको दक्षिण एशियाको राजनीतिमा देखिएका केही उहापोहलाई हेर्दा आजको दिनमा धेरै अनुमानहरु गर्न सकिन्छ तर हिजोको चरित्र र पात्रहरु भने बदलिएका छन यो भने पक्कै हो हिजोको चासो दुई धुर्बमा बाडिएको बिश्व राजनीतिलाई सन्तुलनमा ल्याउने थियो भने आजको चासो आर्थिक बिकासमा केँिन्द्रत देखिन्छ । तर एकातिर आर्थिक बिकासका कुरा भइरहेका छन भने अर्कातिर आतंकबादले ती सबै प्रयासहरुलाइ प्रभाव पारेको अबस्था छ
हिजोको दिनमा पाकिस्तानको कुटनीतिक कबचको सहारामा नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण भएको र त्यसलाई तात्कालिक रुपमा पाकिस्तान समर्थित तालिबान नियन्त्रित अफगानिस्तानको कन्दाहारमा उतारिएको दृष्य देखेकाहरुले आजका दिनमा पनि पाकिस्तानको भूमिकामाथि निरन्तर आशंका गरिरहन्छन र यो सार्क देशहरुकालागि निरन्तर चुनौति हो । आजको दिनमा पाकिस्तानलाई सार्कको अन्य देशले आतंकबादको बारेमा दबाब नदिने हो भने सार्क अहिले कठिन अबस्थामा छ भूमिका बिहिन अबस्थाबाट लगभग भगको अबस्थामा पुग्न सक्छ त्यसलाई जोगाउनकालागि सार्कको अध्यक्षको नाताले नेपालको पनि केही दायित्व रहेका छन तर त्यसकालागि भारतको माग पाकिस्तानले सम्बोधन गर्नु पर्छ यसमा नेपाल मौन बस्नु हुदैन भारत खुल्ला सीमाना भएको देश हो यो अरुसंग तुलना हुन सक्दैन । आजको सत्य के हो भने आतंकबादको बारेमा पाकिस्तानको कथनी र करणीमा एक रुपता छैन । भारतले जब पुलावामाको पाकिस्तानी छदम खेललाई बालाकोटमा खुल्ला रुपमा जवाफ दियो र पाइलट अभिनन्दन रिहा नगरेको अबस्थामा जसरी आफुलाई युद्धको लागि तयारी अबस्थामा लग्यो त्यसबाट यो भारत त्यो भारत होइन भन्ने कुरा पुष्टि हुन्छ । यो भारत काठमाण्डौबाट अपहरणकारीले उडाएको जहाजलाई अमृतसरबाट उडन दिने भारत होइन त्यो बेलाको भारतले जहाज उडन दिएर एउटा गल्ती गरेको थियो यो भारत उनीहरुले पुलावामामा हान्ने तर भारत भने यतै हेरेर बस्ने भारत पनि होइन यो भारत बालाकोटमा घुसेर हान्ने भारत हो यो कुरामा सबैले आजको शैलीमा सोच्नु पर्छ हिजोको शैलीमा होइन । हामीले पनि बदलिएको भारतलाई बदलिएर सोच्नु पर्छ , र यो नै समयको माग पनि हो । हिजोको भारतको कथा भनेर चियाको चुस्की लिने दिन गए यो बदलिएको र धेरै बदलिएको भारत हो ।
[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?