फ्रान्समा राष्ट्रपतिका लागि निर्वाचन जारी, म्याँक्रो र ले पेनबीच मुख्य प्रतिस्पर्धा हुनसक्ने


पेरिस: सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समय अनुसार आइतबार विहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित १२ जना उम्मेदवारबाट आगामी पाँच वर्षका लागि योग्य उम्मेदवार छान्न करिब ४८ लाख योग्य मतदाताले मतदान गर्नेछन् ।

‘मेट्रोपोलिटन फ्रान्स’का अधिकांश मतदान केन्द्रहरू स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे बन्द हुनेछन् भने पेरिस, लियोन, मार्सेल र बोर्डोजस्ता ठूला शहरहरूमा मतदान केन्द्रहरू त्यसको एक घण्टापछि अर्थात् (८ बजे) बन्द हुनेछन् ।

समूद्रपार रहेका फ्रान्सेलीहरू मतदाताहरूले शनिबार नै मतदान गरिसकेका छन् ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणबीच फ्रान्सेली आन्तरिक मन्त्रालयले मतदान केन्द्रहरूका लागि स्वास्थ्य नियमहरू घोषणा गरेको छ ।

निर्वाचनमा खोप पास वा कोभिड–१९ सङ्क्रमण परीक्षण परिणाम मतदान केन्द्रमा प्रवेश गर्नेहरूको लागि अनिवार्य गरिएको छैन । मास्क र सामाजिक दूरी कायम गर्ने नियम पनि मतदाताका लागि अनिवार्य हुने छैन ।

यद्यपि, बुढापाका, कमजोर र कोरोनभाइरस सङ्क्रमित व्यक्तिका लागि मास्क लगाउन प्रशासनले सुझाब दिएको छ ।

बजार अनुसन्धानमा काम गर्दै आएको फ्रान्सेली कम्पनी इप्सोसले बुधबार सार्वजनिक मतदान सर्भेक्षण परिणामले राष्ट्रपति म्याक्रोँेले नै पहिलो चरणमा निर्वाचनमा अग्रता कायम गर्ने देखिएको बताएको छ । सर्वेक्षणअनुसार उहाँलाई क्रमशः दक्षिणपन्थी दल राष्ट्रिय ¥्याली पार्टीका म्यारिन ले पेन र वामपन्थी ला फ्रान्स इन्सोमिज पार्टीका नेता झाँ–लुक मेलेन्चोनले पछ्याउने देखिएको बताइएको छ । फ्रान्समा मतदान समाप्त हुनुभन्दा पहिले सर्वेक्षण नतिजा प्रकाशित गर्न अनुमति दिइएको छैन ।

फ्रान्समा अघिल्लो आर्थिक बर्षमा अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि भएपछि सन् २०२२ मार्चमा उपभोक्ता मूल्य सूचकाङ्क ४.५ प्रतिशतले बढेकोले क्रयशक्ति उच्च चिन्ताको विषय बनेको छ । इप्सोसका अनुसार यूक्रेनमा चलिरहेको द्वन्द्व, वातावरण समस्या, स्वास्थ्य सेवा प्रणाली, आप्रवासन समस्या र सामाजिक असमानता पनि फ्रान्सेली मतदाताहरूले सर्वाधिक चासो राख्ने विषयहरूमध्ये पर्छन् ।
आन्तरिक मन्त्रालयले प्रमाणीकरण गरेपछि आइतबार राति वा सोमबार बिहान आधिकारिक प्रारम्भिक परिणाम घोषणा गरिनेछ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गरेन भने अग्रस्थानका प्रमुख दुई उम्मेदवारबीच अप्रिल २४ मा पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो विश्वयुद्धपछि नाजी जर्मनीविरूद्धको आन्दोलनबाट राष्ट्रपति चाल्र्स द गलले स्थापना गरेको ‘फिफ्थ फ्रेन्च रिपब्लिक’ मा विश्वभर रहेका फ्रान्सेलीहरूले मतदान गर्ने अधिकार प्रदान गरिएपछि अहिलेसम्म कुनै पनि उम्मेदवार पहिलो चरणबाट नै राष्ट्रपति निर्वाचित भएको छैन । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?