पछिल्लो २४ घण्टामा ३ सय ९१ जना कोरोना संक्रमित थपिए


काठमाडौं,  ४  साउन  :  नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमण दर  बढेर १० प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ९ सय ८१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना पुष्टि भएको हो । जसमा दुई हजार ५ सय ६२ जनाको आरटी पिसिआर गर्दा ३ सय ४० जनामा र एक हजार ४ सय १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।संक्रमितमध्ये सबैभन्दा बढी १ सय ८५ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा नौ र ललितपुरमा २२ जना संक्रमित  छन् । पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् मृत्युदर शून्य रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी, नेपालमा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार २७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, शून्य संक्रमित भएका जिल्ला सात छन् ।

काठमाडौं उपत्यकामा एक हजार २ सय ७० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये दुई हजार १ सय ४३ जना होम आइसोलेसनमा, १ सय ३३ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये २१ जना आइसीयूमा छन् । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?