४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं,  ५  साउन  :  पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १७ जना पीसीआर र ११८ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

 

२४ घण्टामा १६ सय ६७ पीसीआर र १९ सय  २ जनाको एन्टिजेन गरेर कुल तीन हजार पाँच सय ६९ जनामा परीक्षण गर्दा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा मृत्यु भने शून्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको मन्त्रालयले जनाएको छ । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?