पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना, २ जनाको मृत्यु


काठमाडौं,  १४  साउन  :  पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६ सय ९९ कोरोना परीक्षण गर्दा ४ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा एक हजार ७ सय ७९ पीसीआर परीक्षण गर्दा २ सय ९२ र एक हजार ९ सय २० एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७७ जना सङ्क्रमण मुक्त भएका छन् भने चार हजार ३ सय ६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैगरी, २४ घण्टामा ५८ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?