माओवादीलाई दोस्रो पार्टी बन्न कांग्रेसले सघाउनुपर्ने : प्रचण्ड


काठमाडौं,  १४  साउन  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरुलाई दोस्रो पार्टी बन्न कांग्रेसले सघाउनु पर्ने बतानुभएको छ । शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने बताउनुभयाे ।

 

‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो’, प्रचण्डले भन्न्नुभयाे, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन।’ प्रचण्डको यो भनाइ बाहिर आएपछि माओवादी कांग्रेसका लागि अविश्वनीय राजनीतिक साथी बन्न सक्ने केही गठबन्धनविरोधी नेताहरूले औंल्याउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?