सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार  १ सय ४४


काठमाडौं,  १७  साउन  :  पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४ सय १५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये २७ सय ६२ पीसीआर परीक्षण गर्दा ५ सय ९ र २६ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३सय ५ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा २ सय ९९ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कसैको पनि मृत्यु भएको छैन ।

काठमाडौं उपत्यकामा मात्रै ३ सय १३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २ सय ५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै नेपालमा सक्रिय  सङ्क्रमितको सङ्ख्या पाँच हजार  १ सय ४४ पुगेको छ । जसमा काठमाडौंमा तीन हजार १८, भक्तपुरमा ३० र ललितपुरमा ५ सय ५० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?